सामाजिक सञ्जाल विधेयकविरुद्व ‘बोल्न दे सरकार’ ह्यासट्याग अभियान घोषणा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सामाजिक सञ्जाल विधेयकविरुद्व ‘बोल्न दे सरकार’ ह्यासट्याग अभियान घोषणा

काठमाडौँ — सामाजिक सञ्जाललाई मर्यादित र सुरक्षित बनाउन भन्दै सरकारले ल्याएको विधेयकविरुद्ध सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूले आवाज उठाइरहेका छन् । केही दिनयता ‘बोल्न दे सरकार’ अभियान नै चलाएर उनीहरूले विधेयकको विरोध गर्दै आएका हुन् ।

सामाजिक सञ्जालका विभिन्न ग्रुप र पेजहरूमार्फत प्रयोगकर्ता र क्रिएटरहरूले पनि विधेयकका कतिपय व्यवस्था आपत्तिजनक भएको टिप्पणी गरेका छन् । फेसबुकमा रहेका एनसीए नेपाल, पेन्टेस्टर नेपालजस्ता सूचना प्रविधिसम्बन्धी युवाहरूको समूहले ‘हाम्रो अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्र ह्याक्ड भयो’ भन्दै विधेयकको विरोधमा विभिन्न पोस्ट गरिरहेका छन्  ।

Read More
  • MBL - below news
  • EBL Ad news