AI उद्योगमा भूकम्प! एनभिडियाको शेयर १७% ले घट्दा अमेरिकी बजारमा ठूलो हलचल


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
AI उद्योगमा भूकम्प! एनभिडियाको शेयर १७% ले घट्दा अमेरिकी बजारमा ठूलो हलचल

यस हप्तामा प्रविधि उद्योगमा ठूलो परिवर्तनको चर्चा व्यापक रूपमा फैलिएको छ। टिकटक, फेसबुक तथा देश-विदेशका समाचारहरूमा DeepSeek सम्बन्धी विषयले विशेष ध्यान आकर्षित गरेको छ। सम्भवतः तपाईँले पनि यसबारे देख्नुभएको वा सुन्नुभएको हुन सक्छ। भर्खरै बजारमा आएको DeepSeek कै कारण दसकाैँदेखि एकछत्र प्रभुत्व जमाएकाे कम्पुटरकाे ग्राफिक्सकाे बादशाह एनभिडियाको शेयर मूल्य १७% ले घट्दा कम्पनीको बजार मूल्यमा ५६० अर्ब डलरको क्षति पुगेको छ।

 चिनियाँ एआई स्टार्टअप DeepSeek को R1 मोडेल ले कम लागतमा उच्चस्तरीय एआई समाधान प्रदान गर्दै बजारमा नयाँ चुनौती खडा गरेको छ। यस मोडेलको कम ऊर्जा खपत, प्रभावकारी गणना क्षमता र उन्नत मेमोरी व्यवस्थापन ले OpenAI, Google DeepMind, Microsoft, लगायतका कम्पनीहरूलाई प्रतिस्पर्धात्मक दबाबमा पारेको छ। लागत-कुशल विकल्पको रूपमा R1 मोडेल स्टार्टअप, अनुसन्धानकर्ताहरू र व्यवसायिक ग्राहकहरूबीच लोकप्रिय बन्दैछ, जसले एआई उद्योगमा ठूला परिवर्तनको संकेत गरिरहेको छ।

DeepSeek को R1 मोडेलले GPU (ग्राफिक्स प्रोसेसिंग युनिट) को निर्भरता घटाएर AI प्रविधि चलाउने नयाँ प्रविधि प्रस्तुत गरेको छ। यसले OpenAI र Google जस्ता कम्पनीहरूको मौजूदा प्रणालीभन्दा ५०% कम लागत र ३०% कम बिजुली खपत गर्छ भन्ने विश्लेषकहरूको रिपोर्ट छ। यसको खुला स्रोत (Open-Source) प्रकृतिले विश्वभरका प्रोग्रामरहरूलाई यसमा सुधार गर्न अनुमति दिएकाले यो साना व्यवसाय र अनुसन्धानकर्ताहरूमाझ लोकप्रिय बन्दैछ।

हाल माइक्रोसफ्टको शेयर ४%, गुगलको मूल कम्पनी एल्फाबेटको शेयर ३% ले घटेका छन्, जबकि ब्रडकम र मार्भेल टेक्नोलजी जस्ता प्रमुख चिप निर्माता कम्पनीहरूको मूल्यमा समेत गिरावट आएको छ। यसले नास्डाक सम्मिश्रण सूचकलाई ३% ले असर गरेको छ भने फिलाडेल्फिया सेमीकन्डक्टर सूचकांकमा ठूलो गिरावट देखिएको छ।

NVIDIA का शेयर मूल्यहरूमा तीव्र उतार-चढाव देखिएको छ। जनवरी २८, २०२५ मा कम्पनीको शेयर १७% ले घट्दा ५६० अर्ब डलरको घाटा भएको थियो। तर, जनवरी २९, २०२५ मा शेयर मूल्य ८.८% ले सुधार भई, १२८.९९ अमेरिकी डलर मा स्थिर भएको छ।

विश्लेषकहरूका अनुसार DeepSeek R1 मोडेल ले AI उद्योगको भविष्यमा महत्वपूर्ण परिवर्तन ल्याउने संकेत देखाएको छ। केहीले यसको दीर्घकालीन व्यावसायिक सफलतामा शंका व्यक्त गरे पनि, अन्यले यसलाई AI प्रविधिलाई सुलभ बनाउने तथा नयाँ बजार अवसरहरू सिर्जना गर्ने प्रमुख कदम को रूपमा मूल्याङ्कन गरेका छन्।

विश्लेषकहरूका अनुसार, DeepSeek को प्रतिस्पर्धाले NVIDIA जस्ता स्थापित कम्पनीहरूलाई रणनीति पुनर्विचार गर्न बाध्य बनाएको छ। यो प्रतिस्पर्धाले दीर्घकालीन रूपमा AI प्रविधिको विकासलाई तिव्र गति दिनुका साथै लागत दक्षता सुधार गर्ने सम्भावना देखाएको छ।

यस घटनाक्रमले AI उद्योगमा प्रतिस्पर्धा र नवाचारको नयाँ युगको सुरुवात गरेको छ, जसले प्रविधि बजारलाई नयाँ दिशामा लैजाने संकेत दिएको छ।

के हाे Deepseek ?

DEEPSEEK एक अत्याधुनिक ए.आई. उपकरण हो जसले प्राकृतिक भाषा प्रोसेसिङ्ग (NLP) मा महत्वपूर्ण सुधार ल्याउँदछ। यसको डिजाइन र क्षमता CHAPGPT भन्दा धेरै अधिक प्रभावकारीताकाे साथै लचिलो रहेकाे विशेषज्ञहरूकाे भनाइ छ।

यसको ओपन-सोर्स प्रकृतिले सहकार्य र नवप्रवर्तनलाई बढावा दिन्छ, जसले समुदायलाई यसको सुधार र विभिन्न प्रयोगहरूका लागि अनुकूलन गर्न मद्दत पुर्याउँछ। तपाईं स्रोत कोड डाउनलोड गरेर यसलाई आफ्नै कम्प्युटरमा कुनै पनि शुल्क बिना प्रयोग गर्न सक्नुहुन्छ । 

यसले प्रयोगकर्तालाई डेटा सुरक्षा र गोपनीयता सुनिश्चित गर्दै नेटवर्कका समस्याहरू बिना पनि कार्य गर्न सक्षम बनाउँछ। DeepSeek को उच्च कार्यक्षमता र गतिले प्रयोगकर्तालाई ताजगी र सही उत्तरहरू प्रदान गर्छ, जसका कारण यसले ChatGPT जस्ता उपकरणहरूभन्दा उत्कृष्टता देखाउँछ। यसका यी विशेषताहरूले DeepSeek लाई ए.आई. र NLP प्रविधिमा नयाँ मानक स्थापित गर्न मद्दत पुर्याइरहेका छन्।

  • MBL - below news
  • EBL Ad news