शेयर लगानीकर्ता भौतिक आक्रमणमा उत्रिने किन बन्दैछ मनस्थिति ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर लगानीकर्ता भौतिक आक्रमणमा उत्रिने किन बन्दैछ मनस्थिति ?

तिलक कोइराला । 
केही दिन अघि एक जना शेयर लगानीकर्ताले अनलाईन मिडियालाई अन्तर्वार्ता दिदै भनेका थिए, मैले शेयर बजारमा तीन करोड रुपैयाँ लगानी गरेको थिएँ, त्यो घटेर अहिले एक करोड जति मात्रै बाँकी छ ।

ती लगानीकर्ता अहिलेको शेयर बजारका आक्रोशित प्रतिनिधि पात्र हुन् । यस्ता कयौं उदाहरणहरु छन्, जसले शेयर बजारमा माग र आपुर्तिको सन्तुलन नहुँदा करोडौ गुमाए । कतिपयले आफ्नो घर धितो राखेर कर्जा निकाली शेयर बजारमा लगानी गरेका थिए, आज उनीसँग न घर छ, न त भएको शेयर बेच्दा नै घर आउँछ । सरकार र नियमनकारी निकायहरुले शेयरको आपुर्ति मात्रै बढाउँने तर माग बढाउँँने रणनीतिक कामहरु एउटा पनि नगर्ने, आक्रोशबाट बच्न झारा टार्ने काम गर्दै आएको हुँदा शेयर बजार विस्तार हुँन सकेन र तीन चार बर्ष यता शेयर बजारमा लगानी गर्ने प्राय सबैले गुमाए । कतिपयले लगानीको ९० प्रतिशत गुमाए भने ५० प्रतिशत गुमाउँने धेरै छन् । जसले जति धेरै गुमाएको छ, उसमा त्यति नै धेरै आक्रोश र पीडा छ । ती आक्रोशित लगानीकर्ताहरु अहिले भौतिक आक्रमणको मनस्थितिमा पनि पुग्न थालेका छन्, आक्रोशको घानमा जो पनि पर्नसक्छ । शेयर बजारका एक जना लगानीकर्ताले सामाजिक संजालमा भनिसकेका छन्, - आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरी । त्यो आक्रमण मै माथि पनि हुनसक्छ वा नियमनकारी निकायका कुनै पदाधिकारी वा लगानीकर्ताका नेता वा बिश्लेषक जो पनि घानमा पर्नसक्छ । यसो हुनुको कारण बजार घटाईको समय लामो हुनु र बजार सुधार तथा बिस्तारका कामहरु नहुनु नै हो । 

Read More
  • MBL - below news
  • EBL Ad news