चार जलविद्युत् आयोजनालाई सेयर निष्कासनको स्वीकृति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
चार जलविद्युत् आयोजनालाई सेयर निष्कासनको स्वीकृति

विद्युत् नियमन आयोगले चार जलविद्युत् कम्पनीलाई सेयर निष्कासनका लागि स्वीकृति दिएको छ । नियमन आयोगका पदाधिकारी नियुक्तिपछि धितोपत्र बोर्डले स्वीकृतिका लागि पठाएका आयोजनाहरू आयोगका अध्यक्ष डिल्ली सिंहको अध्यक्षतामा बसेको बैठकले स्वीकृति दिने निर्णय गरेको हो । आयोगले चारै आयोजनाका प्रवद्र्धकहरूलाई सर्वसाधारण र स्थानीयवासीहरूका लागि १०-१० प्रतिशतका दरले सेयर निष्कासनका लाग स्वीकृति दिएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए । 
४० मेगावाटको खानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रिनलाइफ हाइड्रो पावर कम्पनीलाई ३४ करोड ९७ लाख ४० हजार रुपैयाँ अर्थात ३४ लाख ९७ हजार ४० कित्ता, २५ मेगावाटको दोर्दी खोला ए आयोजनाको प्रवद्र्धक लिबर्टी इनर्जीलाई ३७ करोड ५० लाख अर्थात् ३७ लाख ५० हजार कित्ता र ७ मेगावाटको मर्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड इडी मार्दी एन्ड आरपी हाइड्रो लिमिटेडेलाई १० करोड ५० लाख अर्थात १० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न स्वीकृति आयोगले दिएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news