सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, ४ प्रतिशत नगद लाभांश पारित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, ४ प्रतिशत नगद लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा मिति २०८१ पौष २८ गते आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५/– (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्र) को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८/– (छपन्न करोड पैतीस लाख उनान्सय हजार दुई सय आठ मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने, “एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” (SBL 8.25% Perpetual Non Cumulative Preference Share) सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात्‌ जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट श्री राहुल अग्रवाल , श्री दिनेश शंकर पालिखे र श्री बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचत हुनुभएको छ । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट श्री अंकित केडिया प्रतिनिधि-लेभरेज होल्डिङ्ग्स प्रा.लि. र श्री भोजन अर्याल (प्रतिनिधि-रिनुवल इन्भेष्टमेन्ट प्रा.लि.) निर्विरोध निर्वाचित हुन्‌ भएको छ ।

  • MBL - below news
  • EBL Ad news