अमेरिकी दवाकाबीच फ्रान्सले डिजिटल ट्याक्स लगाउने निर्णय कार्यान्वयन गर्ने भएको छ। यसअघि फ्रान्सले ट्याक्स लगाउने निर्णय गरेपछि अमेरिकाले पछि हट्न दबाब दिएको थियो।
यो निर्णयले सबैभन्दा अमेरिकी कम्पनी प्रभावित हुने छन्। गुगल,फेसबुक,अमेजन र एप्पल प्रभावित हुने छन्।
जुलाई ११ मा फ्रान्सको संसदले डिजिटल ट्याक्स कानुन पारित गरेको थियो। कानून पारित भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिकरुपमै त्यसको विरोध गरेका थिए।








