आर्टिफिसियल इन्टेलिजेन्स मोडल विकास गर्न तथा एआई तथा क्लाउडमा आधारित अनुसन्धान डाटा सेन्टर निर्माणमा यसवर्ष करिब ८० अर्ब डलर अर्थात् करिब १०९ खर्ब रुपैयाँ लगानी गर्ने माइक्रोसफ्टले घोषणा गरेको छ । शुक्रबार एक ब्लग पोस्टमार्फत् माइक्रोसफ्टले यस्तो जानकारी गराएको हो ।
एआईमा बढ्दो लगानी
सन् २०२२ मा ओपन एआईले च्याट जिपिटी लञ्च गरेपश्चात् आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा लगानीमा व्यापक वृद्धि भएको छ । विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुमा एआईलाई एकीकृत गर्ने प्रयास गरिरहेका छन् ।








