गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे आईपीओमा पहिलाे दिन नै ३.४३ गुणा बढी आवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सकाे आईपीओमा पहिलाे दिन नै ३.४३ गुणा बढी आवेदन

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड(GMLIC)काे आईपीओमा पहिलाे दिन नै ३.४३ गुणा बढि आवेदन परेकाे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ ४ लाख ४५ हजार ५६९ जनाले माग गरेका छन्।

सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीकाे ६३ लाख ३० हजार ८०० कित्ता शेयरका लागि आवेदन परेकाे छ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

Read More
  • MBL - below news