काठमाडौं : प्रिमियम मूल्यमा आइपीओ निष्कासनको तयारीमा रहेको छाँयादेवी कम्प्लेक्स लिमिटेडले गत वर्ष (सन् २०२४)मा ८५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा २.२७ प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले ८३ करोड ७० लाख र सन् २०२२ मा ८४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
छायाँदेवीले हाल काठमाडौंको प्रमुख व्यापारिक स्थान तथा पर्यटकीय केन्द्र ठमेलमा पाँचतारे होटेल र कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । यो कम्प्लेक्सको क्षेत्रफल ३ लाख ५० हजार वर्गफिटभन्दा बढी रहेको छ । यो नेपालमै ठूलो व्यापारिक कम्प्लेक्समध्येको एक हो । कम्पनी २५ जुन, २०२१ मा पब्लिक लिमिटेडमा परिवर्तन भएको थियो ।







