१८ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको रुपमा सन्तोषनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेको एक महिना बितिसेकेको छ ।
अध्यक्ष नियुक्तिपछि पाइपलाइनमा रहेका आईपीओ निष्कासन धमाधम हुने चर्चा थियो । तर उनले अध्यक्षको पदभार सम्हालेको एक महिना बित्दा पनि कुनै कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाएका छैनन् । मंसिर १० गते सरकारले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।







