काठमाडौँ । सिद्धार्थ बैंकले जनकपुर शाखामा उठेको धितो लिलामी विवाद र शाखा प्रबन्धकको पक्राउबारे गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। बैंकले कर्जा असुली प्रक्रियामा कुनै अनियमितता नभएको र सबै प्रक्रिया कानूनी दायरामा सम्पन्न भएको स्पष्ट पारेको छ।
बैंकका अनुसार, ऋणीहरूले निर्धारित समयमै कर्जा भुक्तान नगरेपछि कानूनी प्रक्रिया अनुरूप धितो लिलामीको प्रक्रिया अघि बढाइएको थियो। सार्वजनिक सूचना जारी गरेर ऋणीलाई जानकारी दिइएको र पछि धितो लिलामीमार्फत कानूनी प्रक्रियामा भएको कामलाई पूर्ण रूपमा पालना गरिएको बैंकले जनाएको छ।
स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर घटनाको छलफलका लागि बैंकका कर्मचारीहरू प्रहरी कार्यालय गएपनि यसलाई गलत रूपमा प्रचारित गरिएको बैंकको भनाइ छ।
सिद्धार्थ बैंकले बैंकिङ सेवा अवरुद्ध गर्ने गतिविधिहरूलाई अस्वीकार गर्दै सबै सरोकारवालाहरूसँग सहकार्य गरी कानूनी प्रक्रिया पालना गर्न अपील गरेको छ।








