हुलास आइरण इण्डस्ट्रीज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न पुष २५ गते वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीको सभा पुष २५ गते हामा आइरण बिल्डिङ, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।






