आइतबार शेयर कारोबार मापक सूचक २१.१२ अंकले घट्यो। सूचक २१.१२ अंकले घट्दा सबैभन्दा धेरै प्रेसर जलविद्युत क्षेत्रले पार्यो। उक्त समूहले मात्रै आइतबार ७.२७ अंकले बजार घटायो।
आइतबार जलविद्युत क्षेत्रका ९५ कम्पनीका शेयर किनबेच भए। जसमा ८२ कम्पनीको शेयरमूल्य घटेकाे थियाे भने ७ कम्पनीको शेयरमूल्य बढेकाे थियाे। कारोबारमा आएका दुई कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन। कारोबारमा आएका सबैजसो कम्पनीको मूल्य घट्दा सूचकमा पनि सोही समूहले सबैभन्दा बढी प्रेसर पार्यो। कारोबार रकमको हिसाबले पनि जलविद्युत क्षेत्र नै पहिलो स्थानमा छ। आइतबार जलविद्युत क्षेत्रको मात्रै एक अर्ब ६९ करोडको शेयर खरिद/बिक्री भयो।
उता सूचकमा प्रेसर पार्ने दोस्रो समूह वाणिज्य बैंक रह्यो। वाणिज्य बैंकले मात्रै नेप्से सूचक ५.८८ अंकले घटायो। आइतबार कारोबारमा आएका १९ वाणिज्य बैंकमा १५ को शेयरमूल्य घटेकाे थियाे भने चार बैंकको मात्रै शेयरमूल्य बढेकाे थियाे। धेरै कम्पनीको शेयरमूल्य घट्ने र थोरै कम्पनीको मात्रै शेयरमूल्य बढेका कारण घट्ने कम्पनीको प्रेसर सूचकमा बढी पर्यो। समूहगत सूचक ०.८७ प्रतिशतले घट्दा समग्र नेप्से सूचकमा भने त्यसको असर ५.८८ अंकले पर्यो। कारोबार रकमको हिसाबले समूहगत रुपमा बैंक समूह दोस्रो स्थानमा रह्यो। उसको ७२ करोड १३ लाख रुपैयाँको कारोबार भयो।\
आइतबार सूचक घटाउने तेस्रो समूहमा विकास बैंक समूह रह्यो। उसले ३.३३ अंकले घटायो। चौथोमा फाइनान्स रह्यो। उसले २.८२ अंकले घटायो। आइतबार १० समूहले सूचक घटाउन टेवा दिए भने दुई समूहले मात्रै सूचकमा प्रेसर दिएनन्।







