मंसिरमा दोस्रो बजारमा थपियो ६ करोडभन्दा बढी कित्ता शेयर


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मंसिरमा दोस्रो बजारमा थपियो ६ करोडभन्दा बढी कित्ता शेयर

काठमाडौं । मंसिर महिनामा मात्र धितोपत्र दोस्रो बजारमा ६ करोड १२ लाख ७३ हजार ९६४ दशमलव ९६६ कित्ता शेयर थपिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्दा एक कम्पनीको संस्थापकशेयर र एक कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ) सँगै बाँकी अन्य सात कम्पनीको बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता संस्थापक शेयर र समता घरेलु लघुवित्तको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ मंसिर ११ गते दोस्रो बजारमा सूचीकृत भएको हो । मंसिर १९ गते चार कम्पनीहरु एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार ९०३ दशमलव ८८ कित्ता, अपि पावरको २८ लाख ९३ हजार २९८ दशमलव ९५६ कित्ता, सिइडिबि होल्डिङको १० लाख २४ हजार ९१९ दशमलव ६१ कित्ता र कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५ दशमलव २७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Read More
  • MBL - below news