सर्वोच्च अदालतले एनसेलको शेयर विक्री रोक्न माग गर्दै दायर गरिएको रिट खारेज गरेको छ। प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेल एक्जियाटा लिमिटेड, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार मन्त्रालय र अन्य सम्बन्धित निकायलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
सिंहले रिटमा एनसेलको ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई पाँच करोड अमेरिकी डलरमा बिक्री गरेको विषयमा आपत्ति जनाएका थिए। यस बिक्रीले कर छल्लन र सेयरको मूल्यमा अनियमितताको आशंका उत्पन्न गरेको थियो।






