काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएसँगै एनपीएल धेरै भएका र अधिकांश खराब वित्तीय अवस्था भएका विकास बैंकको भाउमा तीब्र गिरावट आएको छ । यो समाचार तयार पार्दै गर्दा (१२ बजे) कर्पोरेट डेभलपमेन्ट बैंकको भाउ ८.०४ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंक ७.५९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु १० र सप्तकोशी डेभलपमेन्ट बैंक ७.५७ प्रतिशतले घटेको छ ।







