काठमाडौं । पछिल्लो एक महीनामा अडलट कारोबार २१ दशमलव ३८ प्रतिशत वृद्धि भएको छ ।
गत कात्तिकमा धितोपत्रको दोस्रो बजारमा कुल रू. २२ करोडभन्दा बढीको अडलट कारोबार भएकोमा मंसिरमा बढेर रू. २६ करोड ७६ लाखभन्दा बढी पुगेको छ ।
अडलट कारोबारसँगै कित्ता पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कात्तिकमा कुल २ लाख ७० हजार कित्ता शेयर अडलटमा कारोबारमा भएकोमा मंसिरमा बढेर ३ लाख ६८ हजार कित्ता पुगेको छ ।
धितोपत्र बजारका लगानीकर्ताले आफूसँग १० कित्ताभन्दा कम धितोपत्र भएमा अडलटमा कारोबार गर्न सक्ने व्यवस्था छ ।







