नेपाल एप्लाइड म्याथम्टिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) ले बुधबार एनुअल नेपाल एआई स्कुल (एएनएआइएस) को आयोजना गर्ने घोषणा गरेको छ।
यो ११ दिने शैक्षिक कार्यक्रम यस वर्ष पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ। यो कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्सको आधार र कार्यान्वयनहरूमा केन्द्रित छ।
संसारभरबाट वैज्ञानिक, प्राध्यापक, र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने एएनएआइएस दक्षिण एसियाकै सबैभन्दा ठूलो र पृथक मञ्च हो।








