फोनपेको आपतकालीन तयारी: चार घण्टा सेवा अवरुद्ध हुने सूचना


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
फोनपेको आपतकालीन तयारी: चार घण्टा सेवा अवरुद्ध हुने सूचना

काठमान्डौं | डिजिटल भुक्तानी सेवा प्रदायक फोनपे पेमेंट सर्विस लिमिटेडले आगामी २०८१ पुष ७ गते (आइतबार) आफ्ना सम्पूर्ण सेवाहरू चार घण्टाका लागि अस्थायी रूपमा बन्द रहने जानकारी दिएको छ। फोनपेको अनुसार, यो अवरोध मध्यरात १:०० बजेदेखि बिहान ५:०० बजेसम्म हुनेछ। कम्पनीले आपतकालीन अवस्थामा सेवा सञ्चालन क्षमताको परीक्षण गर्न Disaster Relief Drill (DR Drill) गर्ने भएकाले यो अस्थायी अवरोध गरिने जनाएको छ।

फोनपेको धारणा अनुसार, आपतकालीन परिस्थितिमा सेवा निरन्तरता सुनिश्चित गर्न यो अभ्यास आवश्यक छ। यसले सम्भावित चुनौतीहरूको सामना गर्न कम्पनीलाई तयार बनाउनुका साथै सेवा प्रणालीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो समयमा फोनपेका सबै प्रकारका भुक्तानी सेवा, सदस्य संस्थाहरूसँगको कारोबार र अन्य डिजिटल सुविधाहरू अवरुद्ध हुनेछन्। कम्पनीले ग्राहकहरूलाई वैकल्पिक योजना बनाउन र सम्भावित असुविधालाई न्यून गर्न आग्रह गरेको छ। साथै, यसबारे सबै सम्बद्ध सदस्य संस्थाहरू र सेवा प्रदायकहरूलाई पहिले नै जानकारी गराइसकेको जनाएको छ।

फोनपेले यस्तो अभ्यास नियमित रूपमा गर्ने गरेको र यसले आपतकालीन परिस्थितिमा ग्राहकहरूको विश्वास जित्न मद्दत गर्ने दाबी गरेको छ।

  • MBL - below news
  • EBL Ad news