नेपाल चिया बिकास निगमले पनि आइपीओ जारी गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल चिया बिकास निगमले पनि आइपीओ जारी गर्ने

काठमाडौं :  नेपाल चिया बिकास निगम लिमिटेडले सर्वसाधारणलाई सेयर बिक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते सोमबार साधारण सभा बोलाएको छ ।साधारण सभा होटल रोयलसिंधिं, कमलादी, काठमाडौंमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ । निगम सञ्चालक समितिको पुस २ मा सम्पन्न १८५औं बैठकको निर्णय अनुसार साधारण सभा बोलाएको हो।

साधारण सभाले निगमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने तथा सोको लागि निगमको चुक्ता पुँजी बृद्धि गर्ने, सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्षबाट पेश भएको प्रतिवेदन पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०-८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । 

Read More
  • MBL - below news