‘राष्ट्र बैंक फोर्स मर्जरकै पक्षमा’


  • KBL News Ad
  • ADBL
  • City Express
 ‘राष्ट्र बैंक फोर्स मर्जरकै पक्षमा’

काठमाडौं : राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले राष्ट्र बैंक फोर्स मर्जरकै पक्षमा रहेको बताएका छन्। आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमा फोर्स मर्जर नसमेटिए पनि राष्ट्र बैंकले कुनै पनि सयममा यस्तो नीति ल्याउन सक्ने बताए।

मिडिया इन्टरनेसनलले बिहीबार आयोजना गरेको ‘मौद्रिक नीति : समीक्षा कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीले अहिले नै फोर्स मर्जर गर्ने बेला नभएको बताए। ‘राष्ट्र बैंक फोर्स मर्जर नीतिबाट पछिहटेको छैन’, उनले भने,‘समीक्षाका बेला या अर्को वर्ष फोर्स मर्जर नीति ल्याउन सकिन्छ।’

डेपुटी गभर्नर शिवाकोटीले वाणिज्य बैंकको संख्या १५ वटाभन्दा बढी आवश्यक नरहेको बताए। ‘१५ सम्म वाणिज्य बैंकको संख्या झार्न सके वित्तीय पहुँचमा टेवा पुग्छ।’ फोर्स मर्जरबाट पछि नहटेको तर विभिन्न सुविधा दिएर मर्जरमा जान प्रोत्साहन दिइएको उनले बताए। ‘मर्जरमा जानेलाई धेरै सुविधा दिइएकाले आकर्षित हुन सक्छन्’, उनले भने। मर्जरमा जानेले जति पनि शाखा खोल्न सक्ने भएकाले वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ।

Read More
  • EBL Ad news