बैंकबाट ऋण लिने प्रक्रिया र नयाँ नियमहरू: ऋण लिनु अघि के के कुरा थाहा पाउन आवश्यक छ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकबाट ऋण लिने प्रक्रिया र नयाँ नियमहरू: ऋण लिनु अघि के के कुरा थाहा पाउन आवश्यक छ?

नेपालमा कृषी, उद्योग, व्यापार वा व्यक्तिगत प्रयोजनका लागि विभिन्न व्यक्ति, फर्म तथा कम्पनीहरूले ऋण लिने गर्दछन् । यी ऋण प्रायः व्यवसाय सञ्चालन वा अन्य व्यावासिक आवश्यकता पूरा गर्न लागि प्रयाेग गरिन्छ । यसरी ऋण लिनु अघि तपाईंले बैंकबाट ऋण प्राप्त गर्नका लागि के के कुरा जान्न आवश्यक छ ? त्यसको सही जानकारी राख्नु किन महत्त्वपूर्ण हुन्छ ? नेपालको राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूले ऋण लिने र दिने प्रक्रियामा स्पष्ट दिशा-निर्देशहरू तय गरेका छन्, जसका माध्यमबाट कर्जा लिन चाहने प्रत्येक व्यक्ति वा संस्थाले सही प्रक्रिया पालन गर्नु आवश्यक हुन्छ ।

नेपाल राष्ट्र बैंकले ऋण प्रक्रिया सम्बन्धी केही महत्वपूर्ण नियमावली तय गरेको छ। बैंक र वित्तीय संस्थाले कर्जा दिने क्रममा ग्राहकसँग स्पष्ट शर्तहरू राख्नुपर्ने हुन्छ, जसमा ब्याजदर र अन्य सेवा शुल्कहरू समावेश हुन्छन्। ऋण लिने व्यक्तिले बैंकका शर्तहरूलाई बुझ्न जरुरी हुन्छ। बैंकहरूले कर्जा उपलब्ध गराउँदा धिताेकाे मुल्यकाे अधिकतम सीमा ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सक्नेछन्, जसले गर्दा ऋणीलाई उच्च ब्याजदरबाट बच्न मद्दत मिल्दछ।

ऋण लिने प्रक्रिया सामान्यतया सरल र स्पष्ट हुन्छ, जहाँ ग्राहकले आफ्नो आर्थिक स्थिती र क्रेडिट योग्यता व्यक्तिको वित्तीय स्थिति, आय, खर्च, बचत र पूर्वका ऋण भुक्तानी इतिहासको आधारमा बैंकबाट ऋण प्राप्त गर्न सक्दछन्। यसका लागि ग्राहकले बैंकलाई केही आवश्यक दस्तावेजहरू जस्तै, पहिचान प्रमाण, आय प्रमाण, आवास प्रमाण आदि र आफ्नो आर्थिक स्थिति प्रस्तुत गर्नुपर्ने हुन्छ। ऋणको पुनःभुक्तानी समय र ब्याजदरका बारेमा भने स्पष्ट सम्झौता गर्नुपर्छ ताकि भविष्यमा कुनै किसिमको असुविधा नहोस्।

नेपाल राष्ट्र बैंकका यी नियमावली/ निर्देशनहरूले व्यवसायिक र व्यक्तिगत ऋण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउँदै समग्र अर्थतन्त्रको स्थिरता र दीर्घकालीन विकास सुनिश्चित गर्न मद्दत पुर्याउँछन्। यसका अतिरिक्त, बैंकहरूले ऋण प्रक्रिया सरल, स्पष्ट र न्यायपूर्ण बनाउन कडा नियमहरू लागू गरेका छन्, जसले गर्दा ऋण लिने र दिने दुवै पक्षलाई सुरक्षित र लाभकारी वातावरण प्राप्त हुन्छ। यसले वित्तीय प्रणालीको विश्वासनीयता बढाउँछ र ऋण प्राप्त गर्ने प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्दछ।

  • MBL - below news
  • EBL Ad news