हुवावेमा एन्ड्रोइड नै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हुवावेमा एन्ड्रोइड नै

अमेरिकी सरकारको नीतिप्रति अमेरिकी कम्पनी गुगलले आफ्नो उत्पादन एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणा गरेपछि चिनियाँ स्मार्टफोन निर्माता हुवावे समस्यामा परेको थियो  । तर, अमेरिकाले हुवावेमाथि नरम नीति लिने घोषणा गरेपछि कम्पनीको सुखका दिन कायमै रह्यो  ।

गुगलले तीन महिनापछि एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणा गरेपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम हङमेन एक महिनाभित्र प्रयोगमा ल्याउने जनाएको थियो । स्मार्टफोनसहित कम्युटरमा समेत प्रयोग गर्न सकिने अपरेटिङ सिस्टम एन्ड्रोइडभन्दा छिटो हुने दाबी गरिएको थियो । तर, विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरूका अनुसार कम्पनीले अब आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्ने नभई स्मार्टफोनमा गुगलकै अपरेटिङ सिस्टम एन्ड्रोइडको प्रयोगलाई निरन्तरता दिने घोषणा गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news