छायाँदेवी सेन्टरले आईपीओे निष्कासनका लागि धितोपत्र बोर्डमा दियो आवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
छायाँदेवी सेन्टरले आईपीओे निष्कासनका लागि धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला विवादित छायाँदेवी कम्प्लेक्सले आईपीओे निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । सर्वोच्च अदालतमा सार्वजनिक पोखरी मासेर छायाँदेवी कम्प्लेक्स बनाइएको विरुद्ध परेको मुद्दा विचाराधीन रहेकै अवस्थामा छायाँदेवीले आईपीओे निष्कासनका लागि आवेदन दिएको हो ।

सर्वोच्चमा विचाराधीन मुद्दा छल्दै

छायाँदेवीले १४ लाख ३७ हजार ५ सय कित्ता सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । प्रतिकित्ता ४ सय रुपैयाँ प्रिमियम सेयरका लागि कम्पनीले बोर्डमा आवेदन दिएको जनाएको छ ।

३ वर्षअघि कम्पनीले आईपीओे निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको थियो । सो सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका थिए । सर्वसाधारणका लागि कायम पुँजीको १० प्रतिशत सेयर निष्कासन गर्न लागेको जनाए पनि ठमेलका स्थानीयले भने विरोध जनाएका छन् ।

Read More
  • MBL - below news