काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २३ करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर ३० गते) बिहान १०ः०६ बजेसम्म ४२ हजार ९१५ जनाले २३ लाख ४१ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १०.४० गुणा बढी आवेदन हो ।
कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।







