कार्यन्वयनमा आएको १० दिन बिती सक्दा पनि पुँजीगत लाभकर गणना सम्बन्धि बिवाद र अन्योलता समाधान हुन् सकेको छैन। आर्थिक ऐनले व्यबस्था गरे अनुरूप शेयर बजारमा साउन १ गतेदेखि भारित औसत लाभकर गणना विधि लागु भएको हो । तर यस विधिमा शेयर बेचिसकेकपछि लगानीकर्ता ब्रोकर अफिस मै गएर आफुले कुन मूल्यमा शेयर किनेको हो, त्यसको स्वघोषणा गरी ल्याप्चे समेत हान्नु पर्ने भएपछि विरोध हुदै आएको छ ।
विधि लागु भएकै दिनदेखि हरेक दिन जसो यस बिषयमा छलफल र बैठक भईरहेका छन् । यसै बीच गत बुधबार धितोपत्र बोर्ड, नेप्से, सिडीएस र लगानीकर्ता र एउटा सहमतिमा पुगेका छन् । २०६४ साउन ३० गतेदेखि २०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मुल्यको औसतलाई आधार बनाई भारित मुल्य निर्धारण गर्ने र सोहि आधारमा पुँजीगत लाभकर गणना गर्ने सहमति भएको छ ।
तर यतिले मात्र अन्योलता अन्त्य हुने हैन । यो निर्णयलाई नियामकहरु आफ्ना आफ्ना बोर्ड्बाट अनुमोदन गराई आर्थमन्त्रालयमा सिफारिस गर्नु पर्ने छ। अर्थात् सिडीएस र नेप्सेले यसलाई आफ्नो बोर्डबाट पारित गरेपछि धितोपत्र बोर्डमा पेश गर्नु पर्ने छ । र धितोपत्र बोर्ड यो प्रस्ताव लिएर अर्थ मन्त्रालय र अन्तरिक राजश्व विभागसँग छलफल गर्ने छ । यो एउटा मध्यमर्गी बाटो प्रस्ताव गरिएको मात्र हो । यो लागु भए लगानीकर्ता, नेप्से, सिडीएस र धितोपत्र बोर्ड समस्या समाधन हुनेमा विश्वस्त भएका हुन् ।
...







