काठमाडौं - सिर्जना फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा २९.८७% वृद्धि गरी १५ करोड ७३ लाख ३ हजार रुपैयाँ कमाएको छ । गत वर्षको कम्पनीले १२ करोड ११ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने ३८.९७% ले घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी भने २५ करोड ६१ लाख ५३ हजार रुपैयाँबाट घटेर १५ करोड ६३ लाख २९ हजार रुपैयाँमा सीमित रहेको छ । यता, सञ्चालन नाफा १९ करोड रुपैयाँबाट बढेर २४ करोड ७१ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।








