गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप

काठमाडौँ — गुगलले कम्प्युटिङ क्षेत्रमा हलचल मच्चाउने र अभूतपूर्व मानिएको क्वान्टम कम्प्युटिङ चिप ‘विलो’ सार्वजनिक गरेको छ । यो चिपले विश्वका सबैभन्दा छिटो सुपर कम्प्युटरले १० सेप्टिलियन अर्थात् १०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्षमा मात्र हल गर्न सक्ने अत्यन्तै जटिल समस्या पाँच मिनेटमै समाधान गर्न सक्ने क्षमता राख्छ । 

आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सूचना प्रविधि प्रणाली बढ्दै गएको अहिलेको समयमा यो उपलब्धिले क्वान्टम कम्प्युटिङको क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ । हरेक चिपलाई लाखौं अमेरिकी डलर पर्न सक्ने यस्ता चिपहरूको मूल्य कति हुन्छ र कहिलेबाट सर्वसाधारणका लागि उपलब्ध हुन्छ भन्नेबारेमा गुगलले केही भनेको छैन ।

Read More
  • MBL - below news
  • EBL Ad news