गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा पर्यो मागभन्दा ८.२४ गुणा बढी आवेदन, कति जनाले भरे ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा पर्यो मागभन्दा ८.२४ गुणा बढी आवेदन, कति जनाले भरे ?

काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १८ करोड ५५ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर २४ गते) बिहान १०ः०६ बजेसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.२४ गुणा बढी आवेदन हो । 

कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

 

  • MBL - below news