काठमाडौं - सिदार्थ बैंकले काठमाडौंको कमलपोखरीस्थित टेस्ट टाउन फूड कोर्ट प्रालिसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूका लागि १५% सम्म छुटको व्यवस्था गरेको छ।
यस सम्झौताअन्तर्गत सिदार्थ बैंकका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप वा डिजिटल बैंकिङ च्यानलमार्फत भुक्तानी गर्दा उक्त छुट पाउन सक्नेछन्। यस सेवाले ग्राहकहरूलाई नगद बोक्नुपर्ने झन्झटबिना सहज र सुरक्षित रूपमा सेवा लिन प्रेरित गर्ने लक्ष्य लिएको छ।
सिदार्थ बैंकले ग्राहकहरूको सुविधाका लागि विभिन्न सेवा र सुविधा प्रदान गर्न निरन्तर प्रयास गर्दै आइरहेको यस कदमले डिजिटल भुक्तानी प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।








