शेयर बजारबाट किन भाग्न खोज्दैछन् ठूलो लगानी गर्ने लगानीकर्ता ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारबाट किन भाग्न खोज्दैछन् ठूलो लगानी गर्ने लगानीकर्ता ?

शेयर बजारमा लगातार तीन बर्षदेखि जारी रहेको अधिक आपुर्तिले शेयरको मूल्य धान्नै नसक्ने गरी घटेर घाटा खाँदै आएका लगानीकर्ताहरुमा पछिल्लो समय छटपटी अरु बढेको पाईएको छ ।

खासगरी बैंकको कर्जा समेत लिएर शेयर बजारमा ठूलो लगानी गर्दै आएका लगानीकर्ताहरुमा त्यस्तो छटपटीको स्तर बढेको पाईएको हो । शेयरको मूल्य घट्दा बैंकमा थप मार्जिन बुझाउँने र चर्को ब्याज पनि तिर्ने दोहोरो मार खेपेका लगानीकर्ताहरु शेयर बजारबाट बाहिर निस्कने उपायको खोजीमा रहेको पाईन्छ । 

बजेट र मौद्रिक नीतिले ल्याउने सकारात्मक परिवर्तन र तरलता सहजपछिको अनुकल वातावरण बन्ने अपेक्षामा रहेका लगानीकर्ताहरु झन् प्रतिकुल परिस्थितिको सामना गर्नुपर्दा निराश हुनु स्वभाविक हो । बजेट, मौद्रिक नीति, धितोपत्र बोर्डको कार्यक्रमले बजारमा माग बढाउँने प्रबन्धन गर्ला भनी गरिएको आशामा तुषारापात भएपछि चार बर्षदेखि कायम रहेको घटाईको क्रम अरु लम्बिने भय उत्पन्न भएको बुझ्न सकिन्छ ।

Read More
  • MBL - below news
  • EBL Ad news