आर्टिफिसियल इन्टेलिजेन्सको अग्रणी कम्पनी ओपन एआईले आफ्नै इन्टरनेट ब्राउजर लञ्च गर्ने योजना बनाइरहेको छ ।
द इन्फरमेसनको एक रिपोर्ट अनुसार उक्त ब्राउजर ओपन एआईको च्याटबटको साथमा एकीकृत हुनेछ । साथै त्यसले प्रयोगकर्तालाई अझै उत्कृष्ट तथा सटिक उत्तर प्रदान गर्नेछ । ओपन एआईले सुरु गर्ने इन्टरनेट ब्राउजरको सिधा टक्कर गुगल क्रोमसँग हुने बताइएको छ ।








