मौद्रिक नीतिपछि किन घट्यो सेयर बजार ? कारोबार रकममा वृद्धिको कारण !


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मौद्रिक नीतिपछि किन घट्यो सेयर बजार ? कारोबार रकममा वृद्धिको कारण !

काठमाडौं : मौद्रिक नीतिपछिको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक घटिरहँदा पनि कारोबार रकममा भने उत्साहजनक सुधार देखिएको छ । मौद्रिक नीतिले मर्जरका सम्बन्धमा स्पष्ट दिशाबोध गरेको छ । कुनै पनि संस्थाले फोर्सफुल मर्जमा जानुपर्ने छैन । आवश्कता र चाहना अनुसार मर्ज वा एक्विजिसिन गर्न सक्नेछन् । यसर्थ, सेयर बजारमा पनि यसले स्पष्टता ल्याएको विश्लेषण हुँदैछ । एक–दुई दिन नेप्से घटे पनि अन्ततः सेयर बजारको गति सकारात्मक हुने देखिन्छ । 
 
तर ठूला बैंक मर्जरलाई आधार बनाएर सेयर कारोबार गर्नेहरु भने केही अलमलमा परेका छन् । कतिपय लगानीकर्ताले विभिन्न हल्ला र अड्कलबाजीका भरमा मर्जरलाई आधार मानेर विशेष गरी साना वाणिज्य बैंकका सेयर किन्ने क्रम बढाएका थिए । तुलनात्मक रुपमा सबल बैंकसँग मर्जमा जाने र सेयर स्वाप अनुपात मिलाउँदा लाभ लिन सकिने अनुमानमा सेयर कारोबार गर्नेहरु केही हच्किएको देखिन्छ । तर साना र तुलनात्मक रुपमा नयाँ वाणिज्य बैंकहरुको बजार भाउ सस्तो छ ।

Read More
  • MBL - below news
  • EBL Ad news