सबैको लघुवित्त आइपीओको बल्ल लाग्यो टुंगो, शुक्रबार हुने भयो बाँडफाँट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सबैको लघुवित्त आइपीओको बल्ल लाग्यो टुंगो, शुक्रबार हुने भयो बाँडफाँट

काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट मिति बल्ल टुंगो लागेको छ । अब शुक्रबार (साउन १० गते) बिहान १० बजे एनआइबीएल एस क्यापिटलको कार्यालय, लाजिम्पाटमा यो आइपीओ बाँडफाँट हुनेछ । आस्वा नविकरण नगरेका केही बैंकहरुबाट आएको आवेदनका कारण आइपीओ बाँडफाँटमा विलम्ब भएको थियो । बिक्री प्रबन्धक र सीडीएसबीच छलफल गरेर यस विषयको समाधान निकालिएको छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सबैको लघुवित्तको आइपीओमा ३ लाख ५ हजार ७७६ जना लगानीकर्ताले कुल ५७ लाख २५ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news