नोकियाले भारती एयरटेलसँग अर्बौंको एक्सटेन्सन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत, नोकियाले आफ्नो फोरजी र फाइभजीउपकरणहरू बहु–वर्षको अवधिका लागि भारतीय शहरहरूमा स्थापना गर्नेछ। भारती एयरटेलले बुधबार (नोभेम्बर २०) यस सम्झौताको बारेमा जानकारी दिएको हो।
भारती एयरटेलका उपाध्यक्ष र एमडी गोपाल विट्टलले भने कि यो सम्झौताले एयरटेलको लागि कनेक्टिभिटी समाधानमा सुधार गर्नेछ। विट्टलले भने, ‘नोकियासँगको यो रणनीतिक साझेदारीले हाम्रो नेटवर्कको पूर्वाधारलाई भविष्यका लागि प्रमाणित गर्नेछ।’
यसका साथै यसले ग्राहकहरूलाई बेजोड प्रयोगकर्ता अनुभव प्रदान गर्नुका साथै वातावरणमैत्री हुने र वातावरणमा पर्ने असरलाई न्यूनीकरण गर्ने नेटवर्क उपलब्ध गराउने छ । यो सम्झौताले एयरटेल ग्राहकहरूलाई प्रिमियम फाइभजी कनेक्टिविटी र उच्च गुणस्तरको सेवा प्रदान गर्नेछ।
ग्राहकहरूले प्रिमियम फाइभजी कनेक्टिभिटी सेवा पाउने
नोकियाका अध्यक्ष र सीईओ पेक्का लुन्डमार्कले यो सम्झौताले दुई कम्पनीबीचको सहकार्यलाई मजबुत बनाउने र एयरटेलको नेटवर्कको ऊर्जा दक्षता बढाउने बताए। नोकियाका सीईओले यो सम्झौतासँगै एयरटेलका ग्राहकहरूले प्रिमियम ५जी कनेक्टिभिटी र उच्च गुणस्तरीय सेवा पाउनेछन्।








