बैंकले २० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट असार ३० गते अनुमति पाएको छ । बैंकले ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६ करोड छ । २० प्रतिशत हकप्रद शेयर निष्कासनपछि पूँजी रू. ३ अर्ब ६७ करोड पुग्नेछ । बैंकको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ । बैंकले चैत मसान्तसम्म रू. ६० करोड २० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. ४२ करोड ७५ लाख नाफा कमाएको थियो । बुधवार बैंकको शेयरमूल्य अघिल्लो दिनको तुलनामा रू. २ ले बढेर रू. ३८२ कायम भएको छ । बैंकको ३ हजार २४७ कित्ता शेयर खरीदविक्री भएको छ । यस दिन बैंकको शेयरमूल्य अधिकतम रू. ३८३ र न्यूनतम रू. ३८० पुगेको छ ।









