तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा वितरण सुरु


  • KBL News Ad
  • ADBL
  • City Express
तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा वितरण सुरु

संखुवासभा — जिल्ला प्रशासन कार्यालय संखुवासभाले संखुवासभामा निर्माणाधीन ६ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जाको रकम वितरण सुरु गरेको छ । 

प्रभावितका लागि प्रशासनले १ अर्ब ४० करोड मुआब्जा बापतको रकम वितरण गर्ने जनाएको छ । उक्त रकम तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरुले पाउने छन् । जिल्ला प्रशासनका अनुसार यो क्षेत्रमा ५ लाखदेखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।

Read More
  • EBL Ad news