गरिमा क्यापिटलले विश्व लगानीकर्ता सप्ताह अन्तर्गत एक दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न


  • ADBL
  • City Express
गरिमा क्यापिटलले विश्व लगानीकर्ता सप्ताह अन्तर्गत एक दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस कार्यक्रम अन्तर्गत आइतबार नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली न.पा. वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजारबारे सूचित गराउने उद्देश्यले सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान)का सचिव ठाकुर प्रसाद शर्माले संचालन गरेका थिए भने कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवर्द्धन विभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान)का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।

Read More