ठूला जलविद्युत आयोजना अगाडि बढाउनेबारे लगानी बोर्डसँग छलफल


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
ठूला जलविद्युत आयोजना अगाडि बढाउनेबारे लगानी बोर्डसँग छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गरेका हुन् ।

मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गरेको मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए ।

Read More
  • EBL Ad news