पोइन्ट अफ सेलबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क तिर्नु नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट कार्डबाट भुक्तानी गर्दा लाग्दै आएको अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ।
यसअघि सेवा प्रदायकहरूले कार्डबाट भुक्तानी गर्दा पिओएस मेसिन शुल्क भन्दै असुल गर्ने गरेका थिए।
अनलाइन कारोबारलाई प्रवर्द्धन गर्न यस्तो नियम ल्याइएको गभर्नर चिरञ्जीवी नेपालले जानकारी दिए।








