नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह


  • KBL News Ad
  • ADBL
  • City Express
नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ — उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।  विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा हाल अमेरिकाको वासिङ्टन डिसीमा रहेका  अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरूसँग भएको राउन्ड टेबल बैठकमा उक्त आग्रह गरेका हुन् । 

नेपालमा अन्य मुलुकको तुलनामा लगानीकर्ताका लागि सस्तो र गुणस्तरीय सूचना प्रविधि सम्बद्ध जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले कानुनी र प्रक्रियागत सुधार गरी लगानीको वातावरण तयार गरिएकाले सो को लाभ उठाउन अमेरिकी व्यावसायीलाई आग्रह गरे । सूचना प्रवधिको क्षेत्रमा एक डलरमै कम्पनी स्थापना गर्न सक्ने र पांच वर्षसम्म आयकरमा पचास प्रतिशत छुट दिने सरकारको नीति बारे जानकारी दिँदै पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी बढाउन आग्रह गरे ।

Read More
  • EBL Ad news