दैवी प्रकोप पीडितलाई सिद्धार्थ बैंकको २५ लाख राहत सहायता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
दैवी प्रकोप पीडितलाई सिद्धार्थ बैंकको २५ लाख राहत सहायता

आश्विन २३, २०८१, काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। देशभरि २०८१ साल आश्विन १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, र डुबानले ठूलो जनधनको क्षति भएकोले उक्त सहयोग प्रदान गरिएको हो।

बैंकले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहत र उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यो सहयोग गरेको जनाएको छ। सिद्धार्थ बैंकले यसअघि पनि दैवी प्रकोपमा परेका पीडितहरूको उद्धार र पुनस्र्थापनाको कार्यहरूमा सहभागी हुँदै आएको र सामाजिक उत्तरदायित्व अन्तर्गत एक जिम्मेवार वित्तीय संस्थाको भूमिकामा योगदान गरिरहेको छ।

  • MBL - below news
  • EBL Ad news