काठमाडौँ l सिद्धार्थ बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
अविरल वर्षाका कारण असोज १० देखि १२ गतेसम्म देशभर बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति पुर्याएको बेला, प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि बैंकले यो आर्थिक सहयोग गरेको हो।
सिद्धार्थ बैंकले दैवी प्रकोपमा परेको बेला उद्धार र पुनर्स्थापनाका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत, देशको एक जिम्मेवार वित्तीय संस्थाका रुपमा यसप्रकारका सहयोगमार्फत विपद् व्यवस्थापनमा निरन्तर साथ दिँदै आएको बैंकले जनाएको छ।








