सिद्धार्थ बैंक र र्यााडिसन होटेलको सम्झौताले ग्राहकलाई २०% छुट र डिजिटल भुक्तानीको सुविधा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंक र र्यााडिसन होटेलको सम्झौताले ग्राहकलाई २०% छुट र डिजिटल भुक्तानीको सुविधा

काठमाडौं, असोज २२, २०८१ – सिद्धार्थ बैंक र काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटेलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले र्याडिसन होटेलमा बैंकका विभिन्न कार्डहरू मार्फत भुक्तानी गर्दा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकले होटलमा उपलब्ध विभिन्न सेवाहरूमा छुटको लाभ लिन सक्ने र यसले नगद भुक्तानीको सट्टा डिजिटल भुक्तानीको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास बैंकले लिएको छ। यस कदमले ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सिद्धार्थ बैंक र र्याडिसन होटेलको यो सहकार्यले ग्राहकहरूलाई थप सुविधाजनक र लाभदायक सेवाहरू प्रदान गर्ने उद्देश्य राखेको छ।

  • MBL - below news
  • EBL Ad news