डिजिटल कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा सानो कारोबार गर्ने सर्वसाधारण मर्कामा परिरहेका छन्।
अन्तर बैंक तथा भुक्तानी प्रदायक संस्थाबाट वित्तीय कारोबारमा १३ प्रतिशत भ्याट लिन थालेपछि डिजिटल कारोबार महँगो भएको छ ।
वित्तीय संस्थाले चेक र नगद नगद कारोबारलाई न्यूनीकरणमा जोड दिए पनि विद्युतीय माध्यमबाट न्यूनतम १ रुपैयाँ पठाउँदा सर्वसाधारणले ११ रुपैयाँ ३० पैसा खर्चिनुपर्छ ।सामाजिक सञ्चालमा पनि एक रुपैयाँ पठाउँदा ११.३० रुपैयाँ अतिरिक्त शुल्क तिर्नु परेको भन्दै चर्को आलोचना भइरहेको छ ।








