२० असोज, काठमाडौं । आइतबार नेपालमा पहिलो पटक एपमार्फत सेयर कारोबार भएको छ । हालसम्म एपमार्फत सेयर कारोबारको सुविधा थिएन ।
आइतबारदेखि सेक्योर्ड सेक्युरिटिज (३६) ले कारोबारमा आफ्नै टीएमएस प्रयोग गरेसँगै यसको एप भर्सनबाट पनि कारोबार सुरु भएको हो । नेपालमा पहिलो पटक एपमार्फत कारोबार भएको सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले बताए ।








