ग्लोबल आइएमई बैंकका ग्राहक र परिवारका सदस्यलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकका ग्राहक र परिवारका सदस्यलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक र तिनका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउनेछन्।

यस छुटको सम्बन्धमा बैंकका नायब महाप्रबन्धक र बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीबीच समझदारी भएको छ।

समझदारी अनुसार, ग्लोबल आइएमई बैंकका डेबिट र क्रेडिट कार्डधारी र बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ का प्रयोगकर्ताहरूले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउनेछन्।

बैंकका ग्राहक र तिनका परिवारका सदस्यहरूले बुद्ध एयरको काउन्टरबाट यो छुट प्राप्त गर्न सक्नेछन्। साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरबाट टिकट लिएपछि बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ८ प्रतिशत छुट पाउनेछन्।

  • EBL Ad news