पोखरा — पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले खेलकुद र मनोरञ्जनका क्षेत्रहरूमा आफ्ना ग्राहक र कर्मचारीहरूका लागि विशेष छुट दिने सम्झौता गरेको छ। बैंकले पोखरा महानगरपालिका वडा नं. १३, कुँडहर सिग्देल मार्गस्थित खेलकुञ्ज एरिना प्रा.लि.सँग सम्झौता गरेको हो।
सम्झौताअनुसार, बैंकका ग्राहकहरूले ग्रीन डेबिट कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत खेलकुञ्ज एरिनामा उपलब्ध स्विमिङ पुल, फुटसल र रेस्टुरेन्ट जस्ता सेवाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौता पत्रमा ग्रीन डेभलपमेन्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक संयुक्त बहादुर धाख्वा र खेलकुञ्ज एरिनाका तर्फबाट अध्यक्ष अनिस सिग्देलले हस्ताक्षर गरेका छन्। कार्यक्रममा बैंकका व्यवसाय प्रवर्द्धन विभाग प्रमुख अनुप के.सी. र सितलादेवी शाखाका प्रबन्धक दिनेश वरालको पनि उपस्थिति थियो।
यो सम्झौता २ वर्षसम्म लागू हुनेछ, जसले खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधिमा बैंकका ग्राहकहरूलाई प्रोत्साहित गर्ने विश्वास गरिएको छ।