दशैंको अवसरमा सिद्धार्थ बैंकको दोब्बर रिवार्ड अफर


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
दशैंको अवसरमा सिद्धार्थ बैंकको दोब्बर रिवार्ड अफर

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले विजयादशमीको अवसरमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना 'दशैंको खुशी' अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले २०८१ आश्विन ११ देखि ३० सम्म कार्ड वा मोबाइल बैंकिङ्गबाट गरिएको कारोबारमा दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंकको 'सिद्धार्थ रिवार्डस' कार्यक्रममार्फत कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गरी खरिद तथा टपअप गर्दा ग्राहकहरूले साधारणतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट आर्जन गर्न सक्नेछन्। यी प्वाइन्टहरूलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बीमा, र इन्टरनेट बिलजस्ता सेवाहरूको भुक्तानी गर्न नगदको सट्टा प्रयोग गर्न सकिनेछ।

सिद्धार्थ बैंकले यो अफरमार्फत डिजिटल कारोबारको फाइदा मात्र नभई ग्राहकहरूको बैंकप्रतिको विश्वासलाई अझ सशक्त बनाउन चाहेको छ। साथै, डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्न र बैंकको डिजिटल रूपान्तरण यात्रामा थप गति दिने उद्देश्य राखिएको छ।

केही समय अघि मात्रै बैंकले 'सिद्धार्थ रिवार्डस' नामक लोयल्टी सेवा पनि सुरु गरेको थियो, जसले ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।

  • MBL - below news
  • EBL Ad news