प्रभु बैंकले भिजा लिडरसीप कन्क्लेभ नेपाल २०२४ मा दुई प्रतिष्ठित अवार्ड प्राप्त गर्‍यो


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकले भिजा लिडरसीप कन्क्लेभ नेपाल २०२४ मा दुई प्रतिष्ठित अवार्ड प्राप्त गर्‍यो

प्रभु बैंक लि.ले भिजा इन्टरनेशनलले आयोजना गरेको "भिजा लिडरसीप कन्क्लेभ नेपाल २०२४" मा दुई विधामा सम्मान प्राप्त गरेको छ। बैंकले "Excellence in Consumer Debit Card Business" र "Excellence in Product Innovation" अवार्ड प्राप्त गरेको हो। पछिल्लो समय विद्युतीय भुक्तानी सेवाहरूको विस्तारमा आक्रामक रूपमा अघि बढिरहेको प्रभु बैंकलाई उपभोक्ता डेबिट कार्ड व्यवसायमा उत्कृष्टता हासिल गरेकाले पहिलो अवार्ड दिइएको हो भने, दोस्रो अवार्ड प्रभु भिसा बिजनेस डेबिट कार्ड सेवा सुरु गरी उत्पाद नवप्रवर्तनमा देखाएको उत्कृष्टताका लागि प्रदान गरिएको हो।

प्रभु भिसा बिजनेस डेबिट कार्ड एक विशेष विद्युतीय भुक्तानी साधन हो जसले व्यावसायिक कारोबारलाई सरल र सुरक्षित तरिकाले डिजिटल माध्यमबाट सम्पन्न गराउँछ। यो कार्ड विशेष गरी व्यापारिक प्रयोजनका लागि लक्षित छ, जसअन्तर्गत कर्पोरेट संस्थाहरू, व्यापारिक घराना, फर्म, कम्पनी, स्कूल, कलेज, विश्वविद्यालय, होटल, रेस्टुरेन्ट, अस्पताल लगायतले आफ्नो दैनिक कारोबारका लागि साना र ठूला भुक्तानीहरू गर्न सक्दछन्। प्रभु बैंकले यो कार्डको माध्यमबाट व्यापारिक कारोबारमा सहजता, पारदर्शिता, र व्यवसाय प्रवर्द्धनमा योगदान गर्ने विश्वास लिएको छ।

प्रभु बैंकले "बैंक अफ द इयर २०२३" को उपाधि प्राप्त गरिसकेको छ। बैंकसँग नेपालभरि ३१५ शाखा, २८६ एटीएम, र ६९ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल छ, जसबाट करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ। "बिश्वास लिन्छौं, विश्वास दिन्छौं" नाराका साथ, प्रभु बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिस्पर्धी रूपमा सेवा विस्तार गर्दै आएको छ। साथै, छोटो समयमा बैंकले "फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४" अवार्ड पनि प्राप्त गरेको छ।

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad